काठमाडौं । नेपाल पुलिस क्लबका फुटबल खेलाडी भरत शाह कुटिएका छन् । प्रहरी क्लबका पूर्वकप्तान रितेश थापाले सामान्य विवादमा उनलाई निर्घात कुटपिट गरेको बताइएको छ । अहिले उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले १० साउनमा बोलाएपछि दुवै जना कमलपोखरीस्थित एक रेष्टुरेन्टमा पुगेका थिए । त्यसक्रममा विवाद भएपछि रितेशले कुटपिट गरेको बताइएको छ ।
घटना बारे जानकारी पाएपछि छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ । राष्ट्रिय टिमका समेत पूर्वखेलाडी रितेश म्याच फिक्सिङ प्रकरणमा परेपछि फुटबल खेल्नबाट प्रतिबन्धित भएका थिए । पछि सफाइ पाएर उनी प्रहरीको जागिरमा जोडिएका थिए ।




