एजेन्सी । वर्षायाममा लामखुट्टेको संख्या बढ्नु र पानी प्रदूषित हुँदा धेरै रोग लाग्ने जोखिम बढ्छ । जसमा मलेरिया, डेंगु, टाइफाइड, हेपाटाइटिस, हैजा आदि पर्दछन् । जान्नुहोस् यी रोगहरू र यसबाट बच्ने उपायहरू ।
डेंगु
पानी पर्दा लामखुट्टे छिट्टै बढ्छ । डेंगु एडिस लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ ।
लक्षण: चिसो लाग्ने र टाउकोमा कडा दुखाइ, आँखाको पछाडि, जोर्नी र मांसपेशिहरु, थकान, वाकवाकी, बान्ता, छाला दाग र भोक कम देखिने उच्च ज्वरो आउने जस्ता लक्षण देखिन्छ । छाला र शरीरका अन्य भागहरूमा रगतको दागहरू पर्न थाल्छन् र रगतको प्लाज्मा चुहिन थाल्छ । गम्भीर अवस्थामा फोक्सो, कलेजो वा मुटुमा पनि क्षति हुन सक्छ । रक्तचाप खतरनाक स्तरमा जान सक्छ । कतिपय अवस्थामा मृत्युको सम्भावना पनि हुन्छ ।
मलेरिया
यो पनि लामखुट्टेबाट लाग्ने रोग हो । यो पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट हुन्छ ।
लक्षण: ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, वाकवाकी लाग्ने, बारम्बार रगत बग्ने, मांसपेशी दुख्ने, चक्कर लाग्ने आदि हुन्छ ।
चिकनगुनिया
वर्षायाममा चिकुनगुनियाका बिरामी बढ्छन् । यो पनि लामखुट्टेले सर्ने गर्छ । लामखुट्टेले टोकेको १०(१२ दिनपछि लक्षणहरू देखा पर्छन् ।
लक्षण: एक्कासि उच्च ज्वरो आउने ९सामान्यतया १०२ डिग्री फरेनहाइटभन्दा माथि०, टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, आँखामा पानी आउने, छालामा रातो दाग आउने, वाकवाकी लाग्ने र बान्ता हुने, गठियाजस्ता लक्षणहरू देखा पर्छन् ।
बच्ने उपाय
शरीरलाई पूर्ण रूपमा छोप्नुहोस् । ढोका र झ्यालहरू बन्द राख्नुहोस् । लामखुट्टे जाली प्रयोग गर्नुहोस् । बालबालिकालाई बाहिर पठाउँदा पन्जा र फुल बाहुलाको लुगा लगाउनुहोस् । घर वरिपरि सरसफाई राख्नुहोस् । कुलर, ट्याङ्की, ड्रम, बाल्टिनमा पानी छ भने छोपेर राख्नुहोस् । घर वरिपरि पानी जम्न नदिनुस् ।
यी कुराको राख्नुस् ध्यान
दूषित पानी र बासी खानाबाट बच्नुहोस् । धेरै तेलयुक्त खाना नखानुहोस् । सरसफाइमा विशेष ध्यान दिनुहोला । काँचो चीजहरू खानबाट बच्नुहोस् । सलादलाई हल्का पकाउनुहोस् । वर्षाका कारण पिउने पानी पनि धेरै पटक दूषित हुन्छ । यसका लागि पानी उमालेर पनि पिउन सकिन्छ ।




