भक्तिको बोली
धार्मिक भक्तजन
जो राम्रो कर्मको लागि
आफु जस लिन्थे
र चित्त नबुझ्ने कर्ममा
दोष देखाउँथे
तिनीहरूलाई उसले बोल्यो
“धर्म गरेर देखाओ”
उनीहरूले सकेनन।
प्रसङ्ग बदलौं
हरेक व्यक्तिको इच्छा हुन्छ
हरेक व्यक्तिको सपना हुन्छ
सपना पनि इच्छा हुन सक्दछ
तर हरेक इच्छा सपना बन्न सक्दैन ।
उसले बोल्यो
“आफ्नो माया देखाउन अरु नै खोज”
उनीहरूमा सहनशीलता थिएन
उसले खोट नदेखाउँदा उ प्यारो भयो
जब खोट देखायो
तब उ अप्रिय भयो
उसले बोलेकै थियो
सत्य तियो हुन्छ।
उसको विरोध गर्नेले
डाहले गरे
उसलाई प्रश्न गरियो
“किन तेरो डाह गर्नु?”
उसले बोल्यो
“मैले कर्म गरेँ तिमीहरूले गरेनौँ”
उनीहरूले दाबी गरे
उसले साहित्यमा लेखेर प्रयोग गर्यो
उसले बोल्यो
“साहित्यकार बाट के अपेक्षा राख्दछौ?”
भिड सँग जवाफ थिएन।
त्यसैले उसले
त्यस्ता भिड प्रति चासो देखाएन
जो आफ्नो वाक्यले उसको मन भर्न तम्सिएका थिए
आफ्नो मनको कुरा आँफै लेख
आँफै प्रकाशन गर
अनि उसले बोल्यो
“मेरो मन खाली गर
तिमीहरू नहुँदानै म खुसी थिएँ “।
त्यसपछि उसले कसैको भक्ति गरेन।
विद्या
उ सँग निहुँ खोज्न आएका धार्मिक भक्तजन
नाटक देखाएर
असली नाटक भन्न चाहन्थे
जानी बुझी निहुँ खोजी
अनि मेलमिलाप गरी
कुनै समस्याको हल भएको घोषणा गर्न चाहन्थे।
उसले सोध्यो
“निहुँ किन खोज्यौ
जाओ नयाँ मानिस सँग निहुँ खोज
अनि मेलमिलाप गर
मेलमिलाप गर्नु भन्दा अगाडि
उनीहरूको प्रतिक्रिया हेर”
उसलाई समय खेर गएको छैन भनी
सान्तवना दिनलाई प्रश्न सोध्यो
“जाओ उमेर बित्दै गएको व्यक्तिलाई
पढ्नलाई मनोबल बढाओ”
भिडमा उसको वाक्यको जवाफ थिएन।
भिडको नारा थियो
उनीहरूले लिएर आएका झोले
पढ्नलाई आए
उसले बोल्यो
पढ्नलाई होइन रमाइलो गर्न आए
स्वतन्त्र बन्न आए,
भिड सँग उसको बोलीको प्रतिउत्तर थिएन।
उसले सोध्यो
“तिमीहरूको मायाको जिम्मा कसले लिन्छ ?”
भिड सँग आफ्नो जिम्मा लिने व्यक्ति थिएन ।
उसलाई धन माग्न सिकाउनेलेले बिर्सिए
“विद्या धनम् सर्व धनम् प्रधानम्”
उसले मागेको भए पनि
दिन सक्ने हुती
धार्मिक भक्तजनमा थिएन ।
हिन्दु धर्ममा वेद व्यासलाई असली भनिन्छ
अनि धर्मको चर्चा गर्ने अन्यलाई नकली
उसले बोल्यो
जाओ अठार पुराण पढेर आओ
अनि लेखेर प्रकाशित गर
आफ्नो धर्मको बारेमा,
पढ्न आएका भनेर नारा लगाउने भक्त चुप थिए
किनकि उनीहरूको पढ्ने मनसाय थिएन
उसले पुन बोल्यो
“उमेर अनुसारको भोगाइ हो
जाओ रमाइलो गरेर समय बिताउ
मलाई तिमीहरूको दर्शन चाहिँदैन”।
शेर र गल्ली
धार्मिक भिडले
उसको प्रश्नको उत्तर दिएनन
किनकि उनीहरूको तर्क थियो
उसले प्रश्नको उत्तर नदिए
सोही कारण देखाउने
त्यसैले उसले बोल्यो
“जसको काम गरिदिन आयौ
उसलाई नै भगवान बनाओ
समस्या बाट पर भाग्ने व्यक्ति भगवान हुन सक्दैन”
दादा बन्न पल्केका हरुलाई उसले बोल्यो
हिन्दीमा उखान छ
“आफ्नो गल्लीमा कुकुर पनि शेर हुन्छ”
अनि घोषणा गरिदियो
सबै शेर हुन भनी ।
भिड पुन: स्तब्ध भयो ।




