कुनै समय
धार्मिक भक्तजनको भिडमा
समस्या थियो
मत विभाजनको
सबैले आफ्नो निजी मत पेश गरे
त्यसैले बहुमत कुनै तर्कको पनि आएन ।
उसलाई महादेवले आफ्नो सकल दर्जा सेनाको
लेफ्टिनेन्ट जेनेरल बनाएका थिए
त्यो पनि सपनामा
अनि भक्तजनको माग थियो
आफु सेनाको चिफ हुने
भुत, प्रेत, पिशाच लाई कमाण्ड दिने
उसले धार्मिक भक्तजनलाई
धर्मको बाटो देखायो
र शास्त्र अनुसारले इन्द्रजाल पढ्ने सल्लाह दियो
तर कसैले मानेनन।
एक व्यक्ति आयो
आफ्नो योग्यता प्रदर्शन गर्न
नयाँ लेफ्टिनेन्ट जेनेरल हुन ।
पुर्व लेफ्टिनेन्ट जेनेरलको हैसियतले
उसले भुत, प्रेत पिचास लाई सल्लाह दियो
योग्यताको कदर हुनु पर्दछ
कोर्ट अफ इनकुएरी गठन गर
अनि नयाँ लेफ्टिनेन्ट जेनेरल कसले घोषणा गर्ने
निर्णय गर
भुत, प्रेत पिचास को अदालतले निर्णय गर्यो
“परमाधिपति महादेव नआउनुजेल उक्त मुद्धा विचाराधीन ”
चिफ बन्ने तम्सिने पनि सेलाए।
महादेव बन्न आउनेलाई उसले अर्को बाटो देखायो
“बहुमतले महादेव माथि महाअभियोग पेश गर”
कोर्ट अफ इनकुएरीले उक्त मुद्दालाई पनि
विचाराधिनमा राख्यो
बाँकी रहेका भीडलाई शान्त पार्न
उसले घोषणा गर्यो
जनमत संग्रहको
अनि भन्यो
“बहुमत का साथ आफ्नो माग लिएर आऊ”
धर्ममा निन्दा हुनु हुँदैन भन्ने लागि
उसले जनमत संग्रहको लागि प्रश्न तयार पार्यो
“दक्षले भने जस्तै के विष भाँग गाँजा खाने महादेव बौलाहा हुन?”
भोटर हरुको लाइन थियो
अनि बोल्यो उ भित्रको ईश्वर
“जनमत संग्रह निष्पक्ष होस”




